आफ्नोपन गुमाउँदै गरेको इलामे वास्तुशिल्प

इलाममा यतिबेला बडा(बडा विकासे बिस्कुन बिच्छ्याइँदैछ । त्यहाँ नेता–कार्यकर्ताको मेला लागेको छ । ‘इलामलाई कस्तो बनाउने रु’ सम्भवतस् नेताहरु यही मुद्दामा मन्थन गर्दैछन् ।  मनसुन सुरु हुनै लाग्दा इलाममा चुनावी तापमान बढेको छ । जगजाहेर नै छ, चुनावअघि विकास र निर्माणको कुरा उत्कर्षमा पुग्ने गर्छ । के बनाउने रु कस्तो बनाउने रु कसरी बनाउने रु कहिले बनाउने रु कसले बनाउने रु यही प्रश्न चियाबारीदेखि चिया दोकानसम्म प्रतिध्वनित भइरहन्छ । सोही मेलोमा इलामलाई एक फन्को लगाएपछि मलाई लाग्यो, ‘इलामलाई कस्तो बनाउने होइन । बरु, कस्तो नबनाउने रु’ भन्ने कुरामा विमर्श हुनुपर्थ्यो ।

किनभने इलामलाई बनाउने भन्दा बढी भत्काउने काम भएको जस्तो लाग्छ । इलाम जस्तो हुनुपर्थ्यो, त्यस्तो देखिएन । खासगरी सहरी वास्तुकलाको सन्दर्भमा ।

थाहा छैन, पूर्वी पहाडको यो डाँडामा कहिले मान्छेहरु पुगे रु कसरी बस्ती बसाए रु कसरी त्यहाँको सभ्यता फैलिंदै गयो रु

के चाहिं अनुमान गर्न सकिन्छ भने आफ्नो मौलिक वास्तुशिल्पसँग यो सहरले जग बसाल्यो । जस्तापाताको छानो, ढुंगामाटोको पर्खाल, काठको झ्यालढोका, काठकै बार्दली, मझौला आकारको घर । यो घर केवल घर मात्र थिएनन्, यहाँका पुर्ख्यौली सीप र ज्ञान पनि थियो । किनभने धेरैजसो समय ओसिलो रहने यहाँको हावापानीमा यस्तै वास्तुशिल्प उत्तम हुँदो हो । स्थानीय स्रोत र साधन प्रयोग गरी निर्माण गरिएका यी घरहरु सुरक्षित, सहज र वाताअनुकूलित हुँदो हो ।

तर दुःखलाग्दो कुरा ।

चोक बजारमा उभिएर मैले आसपासका दृश्यहरु कैद गर्दा इलामे विरासतसँगै ठडिएका यी घरहरु ‘लोपोन्मुख’ देखिए । कंक्रिटका ठूला(ठूला घरहरुले यहाँका मौलिक वास्तुशिल्पलाई च्याप्दै र ठेल्दै एकातिर थन्को लगाइदिएझैं लाग्छ ।

स्वभाविक हो, समयअनुसार र अनुकूल सबैले आफ्नो स्वरुप बदल्छन् । कतिपय अवस्थामा आवश्यकता र बाध्यताले पनि धेरै कुरा फेरबदल गराउँछ । अग्लो, ठूलो र बलियो घरको आवश्यकताले गर्दा इलामका मौलिक वास्तुशिल्पलाई क्रमशस् ओझेल पारेको हुनसक्छ ।

यद्यपि आफ्नो विशिष्ट वास्तुशिल्प नै त्यस सहर ९बजाररबस्ती०को खास चिनारी बन्ने हो । किनभने त्यसले सहरलाई पृथक मात्र देखाउँदैन इतिहास र त्यसको पुर्ख्यौली विरासतलाई पनि जोडिरहन्छ । पुर्खाले वर्षौंवर्ष लगाएर कसरी त्यस्ता वास्तुशिल्पको रचना गरे रु कसरी त्यस्ता संरचना निर्माण गरे भन्ने प्रश्नलाई बचाइराख्छ । र, त्यो इतिहासको साक्षी बनेर सधैं सगर्व उभिरहन्छ ।

तर अहिले इलामले आफ्नो मौलिक वास्तुशिल्प जोगाउन नसकेको हो कि रु खिन्नता महसुस हुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.