कृषि उपजको बजारीकरण गर्न थप्रेकमा अन्तरक्रिया

ममता गुरुङ । महिला उद्यमी संघ शुक्लागण्डकी नगर  इकाई समिति र शुक्लागण्डकी–१  थप्रेक काप्रेकका कृषक महिला दिदीबहिनीहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सोमबार काप्रेकस्थित टोल भवनमा भएको अन्तरक्रियामा महिला सशक्तिकरण, सीप अभिवृद्धि तथा उत्पादित उपजको बजारीकरणको विषयमा छलफल भएको थियो । स्थानीय महिला भुमाया गुरुङले आफुहरुले उत्पादन गरेको बस्तुले बजार पाउनै मुस्किल भएको गुनासो राखिन् । काप्रेक दिदीबहिनी समूहकी सचिव दानुमाया गुरुङले चुलोचौकोमा सिमित महिलाहरुलाई आत्मनिर्भर बनाउन अहिले विदेशी सस्था हेफरले सहयोग गरेको जानकारी दिदै महिला उद्यमी समितिको पनि आफुलाई सहयोग रहने अपेक्षा गरिन् ।

काप्रेकमा बोडि, मह, मास, घिउ, अदुवा, बेसार, कोदो, मकै र अकबरे खुर्सानी उत्पादन हुने गरेको छ । सो अवसरमा उद्यमी समितिकी अध्यक्ष तुलसा शाहले महिलाहरुलाई आत्मनिर्भरको बाटोमा अगाडि बढ्न सुझाव दिइन् । उनले जमिन बाँझो नराखी मेहनत गर्न आग्रह गर्दै उत्पादन भएका कृषिबस्तुको बजारीकरणमा उद्यमी समितिले सहयोग गर्ने प्रतिवद्धता जनाएकी थिइन् ।

शुक्लागण्डकी – १ की वडा सदस्य लक्ष्मी भण्डारीले उद्यमी समितिले दिएको सुझावहरु निकै उपयोगी रहेको बताउँदै वडाका महिलाहरुको आर्थिक अवस्था सुधारका लागि वडाले पनि सीपयुक्त कार्यक्रम गर्ने बताइन् ।

महिला उद्यमी समितिले ग्रामिण भेगका महिलाहरुको आर्थिक तथा सामाजिक सहभागीताबारे बुझ्दै बजारीकरणमा सहयोग पु¥याउने गरेको छ । समिति गठन भएपछिको यो पहिलो कर्यक्रम भएको सचिव सपना पराजुलीले बताइन् । नगरभरिका महिलाहरुलाई आत्मनिर्भर बन्दै जिवनस्तर उकास्नको लागि कृषक दिदीबहिनीलाई हरेक प्रयासमा सहजीकरण गर्न समितिले पुलको भुमिका निर्वाह गर्ने जानकारी दिइन् ।
कार्यक्रममा काप्रेक आमा समूहकी अध्यक्ष कृष्णमाया गुरुङ, स्थानीय अगुवा निशादेवी पौडेल, उद्यमी महिलाहरुको सहभागीता रहेको थियो । समितिले महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि प्रोत्साहन गर्ने उद्धेश्य लिएको छ । समितिका अनुसार नगरको अन्य वडाहरुमा पनि यस किसिमको कार्यक्रमहरु संचालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.